
केन्द्रीय सदस्यहरुको नाम छिट्टै सार्वजनिक गर्छु : उपसभापति गच्छदार

विराटनगर – नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानीमा उनले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए ।
उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने सुझाव दिँदै प्रेस लोकतन्त्रको गहना भएकाले यसको सङ्कुचन गर्न नहुने तर्क गरे ।
उनले जनताले संविधानबाट पाएको अधिकार उपयोग गर्न सरकार बाधक बन्नु नहुने धारणा राख्दै सरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
उपसभापति गच्छदारले नेपाली काङ्ग्रेसका नेतामाथि भर्खरै भएको निन्दनीय घटनाप्रति दुःख व्यक्त गरे । यस्तै उनले आफूले विगतमा नेतृत्व गरेको पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरुका नाम छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ