वरिष्ठ नेता खनाल र अमेरिकी राजदूतबीच भेट
शुक्रबार, १७ असोज २०७६, १६ : ००
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि अमेरिकन राजदूत रेड्डी बेरीले शिष्टाचार भेटवार्ता गरेकाछन् ।
खनाल निवास डल्लुमा भएको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल र अमेरिका बीचको मैत्रीपूर्ण सम्बन्ध अझ विकास होस् भन्ने कामना गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
अमेरिकाका राजदूतले नेपाललाई अमेरिकाले सहयोग जारी गर्न चाहेको र खासगरी देशमा स्थायित्व स्थापना भएकाले अमेरिकाको सहयोगलाई विस्तार गर्न तयार भएको जनाए ।
भेटमा खनालका विदेश मामिला सहयोगी मिलन तुलाधरको पनि उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’