केन्द्रीय संस्करण

मुसहर बस्तिमा सितारामको ‘अल्कोहलिक लभ’ सार्वजनिक

person explore access_timeअसोज १७, २०७६ chat_bubble_outline0

काठमाडौं – गायक सिताराम पोखरेलले आफ्नो सातौं एल्बम ‘अल्कोहलिक लभ’ मुसहर बस्तिमा बिमोचन गरेका छन् । उनले शुक्रबार आफ्नो जन्मदिनको अवसर पारेर उक्त एल्बम बिराटनगरको जरैयामा रहेको मुसहरबस्तीमा सार्वजनिक गरेका हुन् । 

मुसहरबस्तिका सबैभन्दा बृद्ध बलदेवरिभव देव, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, प्रेस युनियनका मिन कुमार, दरैया वडा अध्यक्ष मनोज सुब्बा लगायतले एल्बम सामुहिक बिमोचन गरेका थिए ।
कार्यक्रममा गायक सितारामले बस्तिका बालबालिकाको लागि स्टेशनरी र मिठाइ वितरण गर्नुका साथै त्यहाँ बन्ने भवनका लागि आफूले वाइरिङको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गरे । 

चौध वर्षदेखि पोखरेल आफ्नो जन्मदिन विभिन्न संघ, सस्था वा पीडितलाई सहयोग गर्दै मनाउँदै आएका छन् । ‘हरेक वर्ष थप एउटा वसन्त पार गर्नुको खुशी जीवनकै लागि संघर्षरतहरुसँग मनाउनुले सन्तुष्टि दिन्छ,’ उनले भने, ‘ सधैं  नसके पनि वर्षको एक दिन आफ्नो जन्मदिनमा अरुको सेवा गर्दा मिल्ने खुसी अन्यबाट पाइदैन ।’ 

‘आँखाको नानी हौ तिमी’ बोलको गीतबाट चर्चामा आएका सिताराम २०४४ सालदेखि निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.