एनआईसी एशिया बैंककोे डेबिट तथा क्रेडिट कार्ड भारतका बैंकका एटीएममा पनि सञ्चालन हुने
शुक्रबार, १७ असोज २०७६, १४ : ४४
![एनआईसी एशिया बैंककोे डेबिट तथा क्रेडिट कार्ड भारतका बैंकका एटीएममा पनि सञ्चालन हुने](https://rpcdn.ratopati.com/media/albums/nic_asia_card_tbmyUc1ied.jpg)
काठमाडौं– एन आई सी एशिया बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड केही समयको लागि यस बैंकको एटीएम मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा असोज १८ देखि नेपाल तथा भारतका भिसा नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने एटीएम मेसिनहरुमा समेत संचालन हुने व्यवस्था मिलाइएको छ ।
बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा तीन पटक गरी हरेक पटक २० हजारका दरले अधिकतम ६० हजार रकमसम्म झिक्न सकिन्छ । यसै गरी भारतमा २४ घण्टामा दुई पटकमा गरीे हरेक पटक भा. १० हजारका दरले अधिकतम भा. १५ हजार रुपैयाँसम्म झिक्न सकिन्छ ।
यससँगै यस बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पीओएस मेसिनहरुमा समेत चल्ने व्यवस्था यसअघि नै मिलाएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु