शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा दुर्घटनामा परी दुई जनाको मृत्यु

शुक्रबार, १७ असोज २०७६, १३ : २५
शुक्रबार, १७ असोज २०७६

बुटवल । बुटवलमा आज दुई छट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल–१२ नयाँगाउँमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३० प २३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा बुटवल गोलपार्कका गणेश अधिकारीको मृत्यु भएको छ । 

गम्भीर घाइते अधिकारीको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्टिलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले जानकारी दिएका छन् । 

 यस्तै बुटवल–१० रामनगरमा लु ४४ प ७६५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेको अन्दाजी ५५ वर्षिया पुरूषको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु हुनेको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप