मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फेवाबजार अब बाल्ट्राको आधिकारिक अनलाईन सपिङ्ग पार्टनर

शुक्रबार, १७ असोज २०७६, १३ : २७
शुक्रबार, १७ असोज २०७६

काठमाडौं– नेपाल तथा भारतमा सर्वाधिक रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेस्ले नेपालको द्रुतगतिमा विकसित ई–कमर्स कम्पनी फेवाबजार डटकम सँग सम्झौता गरेको छ । बाल्ट्राको आधिकारिक अनलाईन सपिङ्ग पार्टनर फेवाबजारको वेभसाइटबाट अब बाल्ट्राका विभिन्न ठूला तथा सानाहोम एप्लाइन्सेस्हरु खरिद गर्न सकिनेछ ।  

यस चाडपर्वको अवसरमा फेवाबजार डटकमले बाल्ट्राका उत्पादनहरुको खरिदमा फ्रि डेलिवरी समेत प्रदान गरेको छ । ग्राहकहरुलाई सुरक्षित खरिद गर्न र छिटो डेलिवरी गर्न प्रतिबद्ध फेवाबजार डटकमले आफ्नो सेवामार्फत ग्राहकहरुको मन सफल भएको छ । 

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १५वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप