बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा रहेको भारु साट्ने व्यवस्था मिलाइदिन अर्थमन्त्रीको आग्रह

शुक्रबार, १७ असोज २०७६, १२ : ००
शुक्रबार, १७ असोज २०७६

अर्थमन्त्री डा. यूवराज खतिवडाले नेपालमा रहेको भारतीय नोट साट्ने व्यवस्था मिलाउन भारतीय वित्तमन्त्रीलाई आग्रह गरेका छन् । 

भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन पुगेका खतिवडाले वित्तमन्त्री निर्मला सितारमणलाई भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । 

अर्थमन्त्री डा. खतिवडाले  भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आपूmसँग लैजान पाउने ठुला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन समेत आग्रह गरे । 

विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने आस्वासन भारतीय वित्तमन्त्री सितामरणले दिइन् ।

 अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धि लगायतका विषयमा समेत छलफल गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप