बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ सहयोग : ठूला पूर्वाधारमा लगानी

शुक्रबार, १७ असोज २०७६, ०७ : १०
शुक्रबार, १७ असोज २०७६

यसै महिना हुन लागेको चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण राजनीतिक र कूटनीतिक हिसाबले जति महत्त्व राख्छ त्यति नै महत्त्व नेपालको आर्थिक तथा व्यापारिक हितका लागि पनि उपयोगी बनाउनुपर्नेछ ।

परापूर्व कालदेखि रहँदैआएको सम्बन्ध, दौत्य सम्बन्धलगायतका चरण पार गर्दै आएको नेपाल–चीन पारस्परिक सम्बन्धले नेपालको आर्थिक प्रगतिको आधारको स्वरूप ग्रहण गर्नुपर्ने बेला आएको सरोकारवालाको मत छ ।

ठूला पूर्वाधारमा सहायता अपेक्षित
ठूला र रणनीतिक महत्वका आयोजनामा चिनियाँ सहयोग निरन्तर सहयोगी बन्दैआएको छ तर सडक, ऊर्जा, रेलजस्ता महत्वपूर्ण पूर्वाधार विस्तारमा नेपाललाई सहायता अझै धेरै अपेक्षित रहँदैआएको छ । 

नेपाल चीन सम्बन्धलाई नजिकबाट नियालिरहेका चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्की चिनियाँ राष्ट्रपतिको भ्रमणलाई नेपालको व्यापारिक तथा आर्थिक हितमा प्रयोग गर्न सक्ने सुनौलो अवसर मान्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप