बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा मिनीट्रकले २ वटा मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु

बिहीबार, १६ असोज २०७६, २२ : ३१
बिहीबार, १६ असोज २०७६

नुवाकोट-नुवाकोटको बेलकोटगढी नगरपालिका–८ सिमखेतमा आज मिनीट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाकइलमा सवार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का गम्बो छिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । बा२ख ५९३६ नं को मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका २८ वर्षका तामाङलाई जिल्ला अस्पताल त्रिशूली लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का उत्तम तामाङ तथा उतरगया गाउँपालिका–१ का देव तामाङ र चन्दा तामाङलाई उपचारका लागी ट्रमा सेन्टर काठमाडौ पठाइएको छ । प्रहरीको अनुसार उनीहरु चढेको बा६३प ४३४ नंम्बर र ग७प ८१३८ नम्बरको मोटरसाइकललाई मिनीट्रकले गल्छी–देवीघाट सडक खण्डको सिमखेत स्थित घुम्तीमा ठक्कर दिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप