शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सामाखुशी र कलङ्कीबाट पाँच पक्राउ

बिहीबार, १६ असोज २०७६, २० : ००
बिहीबार, १६ असोज २०७६

काठमाडौं - नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अख्तर र भारतका जोसाङ लियानालाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले लागुऔषध बेचबिखन गर्न लागेको अवस्थामा अधिकारी र तेलीलाई सामाखुशी र खातुम, अख्तर र लियानालाई कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए । “पक्राउ परेका पाँचैजना एकै समूहको भएको अनुसन्धानमा खुलेको छ”, उनले भने ।

पक्राउ परेकासँग प्रहरीले एक किलोग्राम ४५० ग्राम मेथ एम्फेटामाइन तथा १०० ग्राम खात जस्तो देखिने लागुऔषध बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप