शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा अबैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ

बिहीबार, १६ असोज २०७६, १९ : ५६
बिहीबार, १६ असोज २०७६

बर्दिवास – महोत्तरी प्रहरीले बिहिवार दिउँसो महोत्तरीको जलेश्वर नगरपालिका ६ खैरा चोकबाट अबैध १० किलो ९ सय ग्राम चाँदी सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी हनुमान नगर ग्राम पञ्चायत वडा नम्बर १ घर भएका राजेन्द्र शाहका २५ वर्षीय छोरा सिताराम शाह रहेका छन । सिताराम ज १२ प ६३३ नम्बरको हिरो स्प्लेन्डर मोटर साइकल चढी भारतबाट महोत्तरीको जलेश्र तर्फ जाँदै थिए । जलेश्वर नगर पालिकाको खैरा चोकमा पुगेपछि प्रहरीले चेकजाँच गर्दा उनी पक्राउ परेको महोत्तरी प्रहरीले जनाएको छ । 

घटनावारे थप अनुसन्धान भैरहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप