बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सडक निर्माण ठप्प

बिहीबार, १६ असोज २०७६, १८ : ०३
बिहीबार, १६ असोज २०७६

सङ्खुवासभा – सङ्खुवासभाको उत्तरी क्षेत्रमा लगातार पहिरो खसेपछि कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिकाको दोभान–वरुण नदी खण्डको सडक निर्माण ठप्प छ । वैशाखको पहिलो सातायता उक्त क्षेत्रमा नियमित रुपमा पहिरो खसेपछि सडक निर्माणको काम रोकिएको हो । 

सडक निर्माणका लागि सवारीसाधन लैजान नसक्दा काम अघि बढ्न सकेको छैन । नयाँवस्ती वरुण नदी खण्डमा पर्ने झण्डै २७ किलोमिटर क्षेत्रमा पहिरो नियमित झरिरहेको स्थानीयवासी बताउँछन् । निर्माणका लागि लगिएका ठूला सवारीसाधन पहिरो खसेपछि दोभानमै थन्किएका छन् । सडक निर्माणको ठेक्का स्वामीनारायण आशिर्वाद जेभीले लिएको थियो । 

“डोजर र अन्य सवारीसाधन लैजान नसक्दा काम रोकिएको छ”, निर्माण कम्पनीका सन्तोष बस्नेतले भने, “झरी रोकिएपछि काम अघि बढ्छ ।

नयाँवस्तीबाट वरुणसम्म सडक चौडा, पर्खाललगायत काम गरिने बस्नेतले बताए । उत्तरी क्षेत्रका विभिन्न ठाउँसम्म साँझ पाँच बजेदेखि बिहान आठ बजेसम्म एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा छन् ।

उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार दोभानबाट नयाँवस्तीसम्म झण्डै दुई किलोमिटर क्षेत्रमा सडक भत्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप