बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामसङको प्रिमियम क्यामरा फिचर अब नयाँ मिड–रेन्ज ग्यालेक्सी ए५०एस मा

बिहीबार, १६ असोज २०७६, १७ : ०७
बिहीबार, १६ असोज २०७६

काठमाडौं– नेपालको सबैभन्दा ठूलो कन्ज्यूमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड, सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ । 

नयाँ ग्यालेक्सी ए५०एस मा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु विद्यमान गरी नयाँ पुस्ताहरुको आवश्यकतालाई समेट्दै उनीहरुको लागि तयार गरिएको छ । नाइट मोड, सुपर स्टेडी भिडियो तथा गेम बुस्टर प्रविधिको साथ शक्तिशाली प्रोसेसर जस्ता विशेषताको साथ यी नयाँ स्मार्टफोनहरुले उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्दछन् । 

“प्रविधीमा अग्रणी भएका नाताले हामी उपभोक्ताहरु माझ सार्थक इनोभेसन प्रदान गर्नको लागि सदैव समर्पित छौं । ग्यालेक्सी ए५०एसले युवा मिलेनियल्सहरुको लागि स्मार्टफोनको अनुभव अझै उत्कृष्ट तरिकाबाट प्रदान गर्न यो  फोनको डिजाइन गरिएको छ । यो फोनमा नाइट मोड, सुपर स्टेडी भिडियो जस्ता प्रिमियम क्षमता रहेको छ, जुन आजका मिलेनियल्स तथा जेनजिको अनुभवको लागि माथिल्लो तहसम्म लैजाने छन् ।” सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।

ज्यामितीय एवं फ्युचरिस्टिक होलोग्राम इफेक्टद्वारा प्रभावित भई फोनको पछाडी तर्फ अद्वितीय एवं आकर्षक डिजाइनको साथ फोन तयार गरिएको हुँदा लुक एण्ड फिलको जीवन्त अनुभव प्रदान गर्दछ । यो  स्मार्टफोन आकर्षक रंग– प्रिजम क्रश व्ल्याक तथा प्रिजम क्रश ह्वाइटमा उपलब्ध रहेको छ । 

यस स्मार्टफोनमा ४००० एमएएच को सुपर ड्युरेवल व्याट्री रहेको छ । १५ वाटको फास्ट चार्जिङ्ग तथा एआई वेस्ड गेम बुस्टर रहेको छ । ग्यालेक्सी ए५०एसमा व्याट्री लाइफको कुनै चिन्ता विना नै अन द गोको अवस्थमा गेमिङ्गको मज्जा लिन सकिन्छ ।  

ग्यालेक्सी ए५०एसमा हरेक क्षण जीवन्त क्षणहरु क्याप्चर गर्न सकिन्छ । यसमा ४८ मेगापिक्सलको मुख्य क्यामरा राखिएको छ । दिन वा रात जुनसुकै समयमा फोटो लिनको लागि ग्यालेक्सी ए५०एसमा नाइट मोड रहेको, जसले गर्दा कम उज्यालोको अवस्थामा पनि शानदार फोटो खिच्न सकिन्छ । 

यसको साथै यसमा भएको सुपर स्टेडी सुविधाले तीव्र एक्सनवाला परिस्थितिमा पनि स्मुथ भिडियो खिच्न सकिन्छ । यसमा ८ मेगा पिक्सलको अल्ट्रावाइड क्यामरा राखिएको छ । मानव आँखाले जस्तो देखिन्छ त्यस्तै गरी १२३ डिग्रीको भ्यूइङ्ग एङ्गलको साथ फोटो खिच्ने सुविधा प्रदान गर्दछ । यसको ५ मेगापिक्सलको लाइभ फोकस लेन्सले शानदार फोटो खिच्दछ । 

ग्यालेक्सी ए५०एसमा इनोवेटिभ अलाइव क्यामराका विशेषताहरु रहेका छन् । यसमा वेस्ट सटको परामर्श प्रदान गर्ने सुविधा रहेको छ, जुन सुटिङ्गको समयमा सर्वोत्कृष्ट कम्पोजिसनको लागि सुझाव गर्दछ । इन्टलिजेन्ट सीन अप्टिमाइजरले सब्जेक्टलाई सिलसिलाबद्ध गरी कलर, कन्ट्रेस्ट एवं ब्राइटनेसलाई एडजस्ट गरी फोटोको गुणस्तरीयतालाई अप्टिमाइज गर्दछ ।   
 
नयाँ ग्यालेक्सी ए५०एसमा प्रिमियम १० एन एमको  एक्साइनोस ९६११ चिपसेट रहेको छ, जुन एआई पावर्ड गेम बुस्टरको साथ उपलब्ध रहेको छ । यसमा फ्रेम दर, गेमिङ्गको कार्यक्षमता तथा हाई परफमेन्ट गेमको यही अवधिमा सुधार हुन्छ । ४००० एमएएच को व्याट्री, १५ वाट फास्ट चार्ज प्रविधिको ग्यालेक्सी ए५०एसले नेपाली युवापुस्तालाई दिनभर सहजै कनेक्ट राख्दछ । ग्यालेक्सी ए५०एस ६ जीवी ¥याम एवं १२८ जिबि स्टोरेजका साथ उपलब्ध रहेको छ । 
 
ग्यालेक्सी ए५०एसमा ६.४ इन्चको  एफएचडी प्लस सुपर एमोलेड इन्फिनिटी–यू डिस्प्ले तथा अन–स्क्रिन  फिङ्गगरप्रिन्ट अनलकिङ्ग रहेको छ । यो फोन नक्स सेक्युरिटिद्वारा सुरक्षित रहेको छ । 

ग्यालेक्सी ए५०एसको खरिद मूल्य ४२ हजार १ सय ९० तोखिएको छ । यो फोन दुई आकर्षक रंगहरु प्रिजम क्रश व्ल्याक तथा प्रिजम क्रश ह्वाइटमा उपलब्ध रहेको छ । यो फोन नेपाली बजारमा असोज १२ गतेदेखि उपलब्ध रहेको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप