बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

बिहीबार, १६ असोज २०७६, १५ : ३३
बिहीबार, १६ असोज २०७६

असोज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी गराउने मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप