शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न माग

बिहीबार, १६ असोज २०७६, १४ : ४४
बिहीबार, १६ असोज २०७६

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान महासंघको विधानबाट तत्काल हटाउन माग गरेका छन् । उपाध्यक्ष प्रधानले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क पनि अघि सारे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अध्यक्षतात्मक प्रणालीमा अघि बढेको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएकाले महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको भनाई थियो ।

महासंघका वस्तुगतसंघ तर्फका उपाध्यक्ष उमेशलाल प्रधानले पनि महासंघको विधान संशोधन गर्नुको विकल्प नरहेको बताए । उनले महासंघका वरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने विधानमा रहेको प्रावधान महासंघका नेताहरु कसैलाई पनि मान्य नहुने दावी पनि गरे ।

महासंघका पूर्वउपाध्यक्ष भाष्करराज राजकर्णिकारले पनि महासंघको विधान संशोधन गर्न माग गरे । उनले नेपाल उद्योग वाणिज्य महासंघलाई मुलुकको आर्थिक क्षेत्रको रुपान्तरण गर्न सक्ने सशक्त र सवल बनाउन पनि महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्नु पर्ने पनि बताए ।

महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा विधान संशोधन मस्यौंदा समिति बनाएको छ । सोही मस्यांैदा समितिले बनाएको मस्यौंदा आगामी कार्तिक २८ गते बस्ने महासंघको विशेष साधारण सभाले पारित गर्नेछ । महासंघका नेताहरुले विधानमा उल्लेख गरिएको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउन विधान मस्यौंदा समितिलाई पनि दवाव दिन सुरु गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप