रुपन्देहीमा विषालु च्याउ खाँदा ९ जना बिरामी
बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा विषालु च्याउ खाँदा ९ जना बिरामी परेका छन्
घरनजिकै रहेको बाँसघारीमा उम्रेको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन ।
विरामी हुनेमा जिल्लाको सम्मरीमाई गाउँपालिकाका बार्ड नम्बर ६ का १८ वर्षीया सीमा यादव, ४० वर्षीया गीता यादव, ३३ वर्षीया मन्जु यादव, १० वर्षीय आशिष यादव, ५० वर्षीया चन्द्रमती यादव, १४ वर्षीया रोमा यादव, ७३ वर्षीय रामपुजन यादव, ४० वर्षीया इश्रावती यादव र ७ वर्षीया रोशनी यादव रहेका छन् ।
बुधबार राति च्याउ पकाएर खाएपछि बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएपछि १२ बजे राति नै उनीहरु अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकव भीम अस्पतालका भैरहवाका सुपरिटेण्डेण्ट डा. नविन दर्नालले बताए । विरामीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको छ । दुई हप्ता पाल्पामा पनि जगली च्याउ एक दर्जन बिरामी परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सैफमाथि हमला : पक्राउ परेका शरीफुलको ’अनुहार पहिचान परीक्षण’ पोजेटिभ
-
विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
-
अन्तर कलेज फुटसलको उपाधि डीएभीलाई
-
सातामा २२०० रुपैयाँ बढ्यो सुनको मूल्य
-
कोभिड-१९ महामारी चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबीमा ह्वाइट हाउसले के भन्यो?
-
माघ १९ : यस्तो थियो ज्ञानेन्द्रको शाही सम्बोधन