शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा ‘सी पथ’मा गयो भनेर बौद्धिकहरुले अबौद्धिक तर्क गरेः प्रधानमन्त्री

बिहीबार, १६ असोज २०७६, १४ : १५
बिहीबार, १६ असोज २०७६

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सी पथ अनुशरण गर्यो भनिनुको कुनै अर्थ नरहेको बताएका छन् । उनले नेकपा सी पथमा गयो भनेर ‘बौद्धिकहरुको अबौद्धिक तर्क’ गरेको पनि बताए । 
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले कसैको सिद्धान्तबारे सुन्दैमा त्यही सिद्धान्त अनुशरण गरेको भन्न नमिल्ने बताए ।

नेकपाको आफ्नै सिद्धान्त र विचार रहेको उल्लेख गर्दै उनले भने, ‘हिजो मेरो कुरा सुन्नु भयो होला, महात्मा गान्धीको विचारबारे लामो बोलेँको थिएँ, मैले माहात्मा गान्धीको विचारबारे बोलेँ भन्दैमा उनकै विचार लागू हुन्छ त ?’ उनले थपे, ‘हाम्रो आफ्नै विचार छ । वौद्धिकहरुले अबौद्धिक तर्क गरेका मात्रै हुन् ।  हामीले कसैको कुरा भन्दैमा त्यसको विचार अँगाल्ने भन्ने हुँदैन ।’

उनले नेपाल र चीनको आ–आफ्नै मौलिक सिद्धान्त रहेको पनि बताए । 

अर्को प्रसंगमा ओलीले चिनियाँ प्रधानमन्त्री सी जिनपिङको नेपाल भ्रमण आपसी मित्रतालाई बलियो बनाउनमा केन्द्रीत रहने बताए । 

उनले सरकारले छिमेकीसँग सन्बन्धलाई उच्च प्राथमिकतामा साथ अघि बढाउन चाहेको पनि सो क्रममा बोलाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप