शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी

बिहीबार, १६ असोज २०७६, १४ : ००
बिहीबार, १६ असोज २०७६

नयाँ दिल्ली– भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् ।  महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । 

उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ ।

प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन ।  आक्रमण गर्ने योजना बनाएकाहरुको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप