विरोध प्रदर्शन चर्किएपछि बग्दादमा निषेधाज्ञा

बग्दाद– दुई दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा नौ जनाको मृत्यु भइसकेको छ ।
इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले स्थानीय समयानुसार बिहान ५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिनुभएको थियो । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि सरकार विरुद्ध देशव्यापी प्रदर्शनहरु भइरहेका छन् ।
बिहीबार बिहान केही कार र नागरिक बग्दादका सडकमा देखिएका थिए, र मोक्तादा अल–सदर जस्ता प्रभावशाली धर्मगुरुहरुले पनि आमहडतालमा उत्रन सर्वसाधारणलाई अपिल गरेका छन् ।
तनाब बढ्दै गएका कारण मुलुकको इन्टरनेट सेवा लगभग बन्द रहेको, सरकारी कार्यालयहरु बन्द गरिएका र ग्रीन जोनलाई पनि असर पार्ने गरी गएराति कम्तीमा दुईवटा विस्फोट गराइएका थिए । निकै सुरक्षित मानिएको ग्रीन जोनमा मन्त्रालयहरु र राजदूतावासहरु रहेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले गरेको आक्रमणमा चारको मृत्यु, अमेरिकी र बेलायती स्वयंसेवक भाग्यले बाँचे
-
संसदमा ऊर्जामन्त्रीले भने– ‘कुलमान कानुनभन्दा माथि हो भने संसद्ले भनिदिनुपर्यो ’
-
कालिज पालनमा कामयाब गौरवको सङ्कल्प : कृषिसँग होमस्टे जोड्न चाहन्छु
-
टम ब्रुसले बनाए न्युजिल्यान्डको क्रिकेट इतिहासमा तेस्रो ठुलो एकल स्कोर
-
मन्त्री गुरुङको सांसदलाई प्रश्न : संवैधानिक काम गर्दा कसरी निरङ्कुश हुन्छ ?
-
भर्खर जङ्गलबाट सहर छिरेकाहरूले संसदमा असभ्य र अशिष्ट शब्दहरू बोल्न थाले: एमाले सांसद रिजाल