यसपालीको दसैँमा घरमै पस्कने कि हायात रिजेन्सीको जस्तै खान्की ? (रेसिपीको भिडियोसहित)
दसैँ भेटघाट, खानपिन र रमाइलोको चाड हो । दसैँमा आफन्त र साथीभाइलाई मिठो मसिनो खुवाउने सबैको इच्छा हुन्छ । कतिलाई आफूले सधैँ खाइरहेको खानामा केही ‘ट्विस्ट’ गरेर भिन्न स्वाद पस्कने इच्छा पनि
हुनसक्छ । कतिलाई घरमा आउने पाहुनालाई मिठो खाना बनाएर आफ्नो हातको जादु पनि देखाउने आकांक्षा पनि हुनसक्छ ।
यस्तै, इच्छा र आकांक्षा बोकेका खानाका पारखीका लागि मुलुकको अग्रणी तारे होटल हायात रिजेन्सीका कार्यकारी सु सेफ हालिम खानले एउटा भिन्न शैलीको रेसिपी तयार पारेका छन् ।
डिसः मटन भुटुवा वेलिङ्टन, मार्सी भात र टिम्मुर स्पाइस्ड ल्याम्ब जुसहित
सेफः हालिम खान
पदः कार्यकारी सु सेफ
चाहिने सामग्रीः
– १५० ग्राम खसीको भुँडी
– १५० ग्राम खसीको कलेजो
– १५० ग्राम खसीको आन्द्रा
– १ चिया चम्चा दालचिनीको धुलो
– १ चिया चम्चा सौफको दाना
– एउटा कागतीको रस
– १ चिया चम्चा बेसारको धुलो
– १ चिया चम्चा नुन
– १ चिया चम्चा जिराको धुलो
– १ चिया चम्चा धनियाँको धुलो
– १ चिया चम्चा रातो खुर्सानीको धुलो
– २ वटा काटेको लसुन, खुर्सानी
– आधा कप काटेको प्याज
– आधा कप काटेको लसुन
– आधा कप काटेको अदुवा
– दुई चिया चम्चा तेल
– १५० ग्राम मार्सी चामल
– ४ चिया चम्चा घ्यू
– २५० ग्राम पफ पेस्ट्री
– ५० ग्राम हरियो धनियाँ
– २०० ग्राम च्याउ
– १५० ग्राम पालुङ्गो
प्रक्रियाः
१. कलेजो, आन्द्रा र भुँडीलाई पानीले राम्रोसँग धुनुहोस्
२. पानी उमाल्नुहोस् र त्यसमा दालचिनीको धुलो र सौफको दाना हाल्नुहोस्
३. उम्लिएको पानीमा कलेजो, आन्द्रा र भुँडी हाल्नुहोस् र २५ मिनेटसम्म उमाल्नुहोस्
४. पानी फाल्नुहोस् र सफा पानीले पुनः पखाल्नुहोस् । चिसो बनाउनका लागि साइडमा राख्नुहोस्
५. त्यसलाई स–सानो टुक्रामा काट्नुहोस्
६ प्यानमा तेल तताउनुहोस् र त्यसमा काटेको प्याज हाल्नुहोस् । केही बेर चलाएपछि काटेको लसुन र अदुवा हाल्नुहोस् ।
७. त्यसपछि ती काटेको पिस हाल्नुहोस् र २–३ मिनेटसम्म चलाइरहनुहोस् । त्यसपछि नुन, जिराको धुलो, धनियाँको धुलो, गरम मसाला र रातो खुर्सानीको धुलो हाल्नुहोस् ।
८. मध्यम आँचमा २५ मिनेटसम्म पकाउनुहोस् । रातो नहुञ्जेलसम्म पकाइरहनुहोस् । पाकिसकेपछि काटेको खुर्सानी र धनियाँ हालेर छेउमा राख्नुहोस् ।
९. मार्सी चामल नरम नभएसम्म पकाइरहनुहोस् । त्यसपछि नुन र थोरै घ्यू हाल्नुहोस् ।
१०. च्याउ र पालुङ्गोलाई पनि केही बेर पकाएर छुट्टै राख्नुहोस् ।
११. त्यसपछि पफ्पी पेस्ट्री लिनुहोस् र त्यसमा सबै सामग्री हालेर रोल गर्नुहोस् ।
१२. पेस्ट्रीमा अण्डाको पहेँलो भाग दलेर सबै समग्रीहरु मिलाउनुहोस् । त्यसपछि पिठोलाई रोल गर्नुहोस् र आधा घण्टासम्म १८०–२०० डिग्रीमा बेक गर्नुहोस् । बेक गर्नुअघि पिठोको बाहिरी पत्रमा अण्डाको पहेँलो भाग दल्न नबिर्सनुहोला ।
१३. त्यसलाई टिम्मुर स्पाइस्ड ल्याम्ब जुसँगै सर्भ गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन