शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विकास कि प्राकृतिक विनाश ?

ढालिँदैछन् चक्रपथका रुखहरु (फोटोफिचर)
बिहीबार, १६ असोज २०७६, ११ : ४६
बिहीबार, १६ असोज २०७६

काठमाडौँ । काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारका क्रममा कलङ्की– सामाखुसी, बाफल क्षेत्रको सडक आसपासका रुखहरु धमाधम काट्न थालिएको छ ।

हाल सो क्षेत्रको सीतापाइला सडकखण्डमा रहेका रुखहरु काट्ने क्रम जारी छ ।

यसअघि रुख काट्ने निर्णयको विभिन्न अधिकारकर्मीले विरोध समेत गरेका थिए । तर सरकारले उक्त विरोधको वेवास्ता गर्दै धमाधम रुख काट्न थालेको हो ।

विकासका नाममा यसरी रुख काट्दा वातावरणमा नकारात्मक असर पुग्नुका साथै सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने उनीहरुको चिन्ता छ । हाल कलङ्की–महाराजगन्ज सडकखण्ड चार लेनको सडक छ । यसलाई विस्तार गरेर आठ लेनको बनाउने सरकारको तयारी छ । यो सडक चीन सरकारको सहयोगमा ८ लेनको बनाउन लागिएको हो ।

चीन सरकारको शत प्रतिशत अनुदानमा विस्तार हुन लागेको यो सडक क्षेत्रका करिव १८ सय रुख काट्नुपर्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

२०२७ सालमा चीन सकरारले ने २७ किलोमिटर ४ लेनको रिङरोड बनाइदिएको थियो ।

यसअघि चीन सरकारले नै  कोटेश्वर– कलंकी सडक विस्तार गरी हस्तान्तरण गरिसकेको छ ।

दोस्रो चरण अन्तर्गत कलंकी– महाराजगञ्ज सडक विस्तार गरिने छ । यो सडकखण्ड ८ दशमलव २ किलोमिटर लम्बाइ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप