चेल्सी र आयाक्स विजयी

इङ्लिस क्लब चेल्सी र डच टोली आयाक्सले च्याम्पियन्स लिग फुटबलमा सफलता हात पारेका छन् । बुधबार राति भएको समूह ‘एच’ को खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई उसैको मैदानमा २–१ गोलले हरायो । अर्को खेलमा आयाक्सले स्पेनिस क्लब भ्यालेन्सियालाई ३–० गोलले पराजित गर्यो ।
चेल्सीलाई जित दिलाउन टमी अब्राहम र विलियनले एक एक गोल गरे । लिलेका भिक्टोर ओसिमहेनले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा चेल्सीले २२औं मिनेटमा सुरुवाती गोल गरेको थियो । चेल्सीका अब्राहमले गोल गरे । त्यसपछि ३३औं मिनेटमा आयाक्सका भिक्टरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ७८औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई जित दिलाए ।
यसैगरी आयाक्सको जितमा हाकिम जियाचले आठौं, क्वीन्सी प्रोमेसले ३४औं र डोनी भान डे बीकले ६७औं मिनेटमा गोल गरेका थिए । जितसँगै शीर्ष स्थानमा रहेको आयाक्सले दुई खेलबाट ६ अंक बनाएको छ । तीन अंक बनाएको चेल्सी दोस्रो स्थानमा छ । भ्यालेन्सिया पनि तीन अंकका साथ तेस्रो स्थानमा छ । लिलेले खाता खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
-
कोलकातासामु निरीह बन्यो पञ्जाब, १११ रनमा अलआउट