बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भूमाफिया र प्रशासनसँगको साँठगाँठमा खुलमखुला अतिक्रमणमा पर्दै खुलामञ्च

बिहीबार, १६ असोज २०७६, ०७ : ३५
बिहीबार, १६ असोज २०७६

काठमाडौंको मुटुमा रहेको खुला मञ्च विभिन्न वहानामा अतिक्रमणमा पर्दै आएको छ । भूमाफिया र प्रशासनसँगको साँठगाँठका कारण खुला मञ्चमा अतिक्रमण बढ्दै गएको हो । 

खुल्ला मञ्च संरक्षणको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले हालसम्म भएका अतिक्रमण हटाउने र व्यवस्थापन गर्ने विषयमा कुनै चासो नदिँदा यस्तो समस्या आएको हो ।

‘खुला मञ्च बचाऊ’ अभियानका संयोजक सुशन वैद्य करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको खुला मञ्च विभिन्न रूपमा अतिक्रमणमा परेको बताउँछन् । खुला मञ्चलाई सरकारले खुला स्थानका रूपमा राख्न नसकेको उनी बताउँछन् । 

‘विपद्का समयमा प्रयोग हुने स्थान सरकार र निजी क्षेत्रको कारण अतिक्रमणमा परेको छ’, उनले भने । खुला मञ्चमा बनेको बसपार्कमा टहरा बनाई जग्गा अतिक्रमण भएको दुमाजु गुठी अतिक्रमणमा परेको तथा शौचालय व्यवस्थापनका नाममा फैलँदै गएको व्यापार व्यावसायका कारण खुला मञ्च अतिक्रमणमा परेको वैद्यको भनाइ छ ।

यता महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी विभिन्न वहानामा खुला मञ्चको अतिक्रमण बढ्दै गएको स्विकार्छिन् । खड्गी भन्छिन्, ‘एउटा उद्देश्य लिएर खुला मञ्चका जग्गा र सटर भाडामा लिने गरेको र यसबाट विस्तारै अतिक्रमण गर्ने गरेको देखिन्छ ।’ यो समाचार आजको राजधानी दैनिकमा  केशवप्रसाद पाण्डेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप