फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री ओली
बुधबार, १५ असोज २०७६, २१ : ०९
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले विस्तार गरेको हाई स्पीड इन्टरनेट 'फोरजी' सेवालाई क्षमताअनुरूप सञ्चालन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले काठमाडौँमा भिडियो कन्फरेन्सबाट फोरजी सेवाको उद्घाटन गर्दै फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुेमा जोड दिएका हुन् । बुधबारबाट ३६ जिल्लामा एकसाथ फोर जी सेवाको शुभारम्भ भएको छ ।
प्रधानमन्त्री ओली र प्रदेश ७ का मुख्यमन्त्रीले भिडियो कन्फरेन्सबाट फोर जी उद्घाटन गरेका थिए । उनले भने, ‘अप्टिकल फाईबरको काममा ठिला गर्ने र राष्ट्रलाई नोक्सान पुर्याउनेलाई कारबाही गर्ने हुन्छ । समयमा काम गर्न सक्ने भए गर्न र नसक्ने भए छाड्ने ।’
यस्तै सुचना तथा संचार मन्त्री गोकुल बास्केटाले अप्टिकल फाईबरको काम तीव्र गतिमा गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजकुमारमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाको निधन
-
नइ एकेडेमीले ‘नेपाल भारत प्राध्यापक सम्मेलन’ गर्ने
-
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली
-
गीत चोरी गरेको आरोपमा एआर रहमानलाई २ करोड जरिवाना
-
सरकार कहिले ढल्छ होइन, सातबुँदे कहिले कार्यान्वयन हुन्छ भनेर सोधौँ : धनराज गुरुङ
-
एसीमा कति समय बस्नु सुरक्षित छ?