शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीमा नेपाली किशोरीको उद्दार, यसरी परेकी थिइन् दलालको जालमा

बुधबार, १५ असोज २०७६, १९ : ०२
बुधबार, १५ असोज २०७६

काठमाडौं – विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीको उद्दार गरिएको छ ।

पीडित किशोरीलाई दिल्लीको आनन्द विहार घर बताउने नन्दन नामक व्यक्तिले करिव एक महिना पहिले वाट्स एपमार्फत कुराकानी गरेर फसाएका थिए । 

नन्दन नामक व्यक्तिले विवाह गर्ने भन्दै दिल्ली बोलाएका थिए ।  पीडित किशोरी गत २१ सेप्टेम्बरमा दिल्ली पुगेकी थिइन् । दिल्लीको आन्नद विहार रेलवे स्टेशनमा लिन आएको दलालले पुलिस देखेपछि किशोरीलाई रेलवे स्टेशनमै छाडेर भागेका थिए ।

त्यसपछि पीडित किशोरीले नन्दनमाथि शंका गरेर रेलवे स्टेशनमा परिचालित बालबालिका सम्बन्धि काम गर्ने महिलाहरुलाई सहयोग मागेकी थिइन् । महिला अधिकारीहरुले किशोरीसँग भएको फोन नम्बरको सहायताले  दलाल नन्दनलाई पनि पक्राउ गरिएको छ ।

दलाल नन्दनले यसअघि पनि महिलाहरूलाई विवाह गर्ने आश्वासन दिएर बेच्ने गरेको खुल्न आएको छ । त्यसपछि पुलिसले नन्दन नामक दलाललाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवसमा पठाएको छ ।


सुरक्षित आवासबाट आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरिएपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नविन जोशीले बताए ।

दिल्लीमा उद्दार गरिएकी किशोरीसँगै घरबाट भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप