शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यू–१९ प्रशिक्षकमा मेघराज नियुक्त

बुधबार, १५ असोज २०७६, १८ : ५४
बुधबार, १५ असोज २०७६

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू–१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बुधबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । यू–१८ का मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रशिक्षक पदबाट हालै राजीनामा दिएपछि एन्फाले केसीलाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

काठमाडौंमा हालैमात्र सम्पन्न यू–१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका थिए । केसी थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक पनि हुन् । उनले यसअघि नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन् ।

एन्फा प्राविधिक कमिटीले केसीसहित छिरिङ लोप्साङको नाम एन्फामा सिफारिस गरेको थियो । नेपालले यही नोभेम्बरमा इरानका एएफसी यू–१९ छनोट च्याम्पियनसिप खेल्दैछ । छनोट खेलका लागि समूह ‘डी’मा रहेको नेपालले आयोजक इरान, यूएई र किर्गिस्तानसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप