ज्योति विकास बैंकद्वारा महाराजगञ्जमा वृक्षारोपण
बुधबार, १५ असोज २०७६, १८ : २५

काठमाडौं– ज्योति विकास बैंकले बुधबार काठमाडौंको महाराजगञ्जमा वृक्षारोपण गरेको छ।
काठमाडौं महानगरपालिका र वडा नं ३ महाराजगञ्जसँगको सहकार्यमा ज्योति विकास बैंकले महाराजगञ्ज देखि न्युरो अस्पतालसम्म ४० वटा वृक्षारोपण गरेको छ।
कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र वडा नं ३ महाराजगञ्जका वडाध्यक्ष दिपक केसीले संयुक्त रुपमा वृक्ष रोपेका थिए।
काठमाडौं महानगरपालिकाको हरियाली प्रवर्द्धन निति अनुरुपको सो कार्यक्रममा ज्योति विकास बैंक अन्तर्गतको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले ४० वटा वृक्षारोपणको लागि सहयोग गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वको हेतुले सिर्जना गरिएको ज्योति विकास बैंकको हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउंदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत