रेनो सिरिज अन्तर्गत नेपालमा नयाँ फोन भित्र्याउने ओपोको तयारी

काठमाडौं– ओपोले नेपाली बजारमा रेनो सिरिज अन्तर्गत नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो पटक रेनो टेनएक्स जुम सार्वजनिक गरेको ओपोले यो पटक भने रेनो टू सिरिज अन्तर्गतका नयाँ मोडलहरु सार्वजनिक गर्ने सम्भावना प्रबल देखिएको हो ।
कम्पनीले भारतिय बजारमा पछिल्लो महिना रेनो टू सिरिज अन्तर्गतका फोनहरु सार्वजनिक गरिसकेको छ । यसैका आधारमा उक्त फोन चाँडै नै नेपालमा सार्वजनिक गरिने सम्भावना प्रबल देखिएको हो ।
रेनो सिरिजको नयाँ संस्करण अन्तर्गत रेनो टू, रेनो टूजेड र रेनो टूएफ पर्छन् । ती मध्य सबै वा छानिएका उपकरणहरु मध्य कुन नेपाली बजारमा सार्वजनिक गरिने भन्ने कुराको जानकारी चाँडै दिइने कम्पनीले बताएको छ । रेनोको नयाँ सिरिजले प्रयोगकर्ताका श्रीजनसिलतालाई नयाँ आयाम दिने प्रयास गरेको छ ।
ओपोको सफल, रेनो सिरिज अन्तर्गतको नयाँ संस्करणमा कम्पनीले फोटोग्राफीमा थप सुदृढिकरणका लागि ४८एमपी क्वाड क्यामेरा सेटअप, २०एक्स डिजिटल जुम सहितको फाइभएक्स हाइब्रिड जुम, अल्ट्रा क्लियर नाइट शट्स खिच्न सघाउने अल्ट्रा डार्क मोड, क्लियर र स्मूथ भिडियो खिच्न सकियोस् भन्ने सोचका साथ अल्ट्रा स्टिडी भिडियो लगायत फिचर्सहरु उपलब्ध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाद्य पदार्थमा फ्याट परीक्षण हुने, पालना नगरे कारबाही गर्ने विभागको चेतावनी
-
हिमनदी क्षेत्रको ‘तेस्रो ध्रुव’मा जलवायु परिवर्तनको असर
-
पृथ्वी राजमार्गको अवरोध हट्यो
-
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
-
सरकारले अपांगता भएका व्यक्तिलाई प्रयाप्त सेवा सुविधा दिन सकेनः देउवा
-
गणतन्त्र कि राजतन्त्र ? जनमतसङ्ग्रह गरौँ : विप्लव