हिमालीबासका युवाको उदाहरणीय काम
रौतहट – रौतहटको उतरीभेग बाराको सिमानासाग जोडिएको फतुवा बिजयपुर नगरपालिकाको हिमासीबास टोलका युवा समाजमा उदाहरणको पत्र बनेका छन् ।
पछिलो समय स्थानीय तहले गर्न नसकेको काम ती युवाले आफनै लगानीमा गरेर समाजमा उदाहरणका पात्र बनेका हुन् । हिमालीबास गाँउदेखि बारा जोडने मुलसडकमा रहेको ह्युमपाइप फुटेर पछिलो दुई सातादेखि यातायात प्राय.ं बन्द भएको थियो ।
बडो मुस्किलले सो बाटो भएर आवत जावत भइरहेको थियो । ह्युमपाईप हाल्न र बाटोको समस्या बारे पटक पटक फतुआ बिजयपुर नगरपालिकालाई अनुरोध गर्दा वास्ता नगरेपछी आज गाँउका युवा आफैमा चन्दा संकलन गरेर ह्युमपाईप राखी बाटो सञ्चालन गराएका हुन् ।
युवा माझ ५६ हजार रुपैया संकलन गरेर ह्युमपाइप राखी बाटो संचालन गराइएको एकजना स्थानीय युवा अजय तिम्मलसिनाले बताए । तिम्मलसिनाले केहीदिन अघिमात्र ८५ हजार रुपैया आफैमा चन्दा संकलन गरी हिमालीबास गाँउभरीका सबै बिद्युतको पोलमा बती जडान गरी गाँउनै झिलीमिली बनाए ।
यस्तै तीनलाख रुपैयाको लागतमा गाँउमा सार्वजनिक प्रतिक्षालय निर्माणका लागी एक लाख ५० हजार संकलन गरीसकेको अर्का स्थानीय अशोक श्रेष्ठले बताए । युवाले उदाहरण्ीय काम गरेको हेरेर छर छिमेकका मानिस आर्थिक सहयोग दिएर उनले बताए ।
बारा अडेमवा गाँउका एकजना व्यापारी सहदेव खरेलले युवा समुहलाई सार्वजनिक कामको निमित ७७ हजार ७ सय ७७ रुपैया सहयोग गरेको होटेल ब्यवसायी युवा अशोक श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
-
खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
-
सरकारले खोस्यो १३ जना स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
-
१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म
-
इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्नसक्छ : प्रधानसेनापति
-
संघका कर्मचारीलाई सचिव बनाएपछि गण्डकीका स्वास्थ्य सचिव शर्मा पुगे अदालत