केएल मोबाइल हबमा नयाँ व्यवस्थापनः चाडपर्वमा अफरै अफर

काठमाडौं– चावहिल चुच्चेपाटी स्थित केएल टावरमा रहेको के एल मोबाईल हबमा नयाँ लगानीकर्ता आएसँगै के एल मोबाईल डिजी डिजिटलको रुपमा सेवा सुरु गरेको छ ।
नयाँ व्यवस्थापन भित्रिएको उपलक्ष्यका साथै चाडपर्वलाई लक्षित गर्दै केएल मोबाइल डिजी डिजिटलले वाइ वान गेट वान फ्री अफर सुरु गरेको छ । मोबाईल डिजि डिजिटलले नेपालीहरुको महान पर्व दशैँ तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी दशैंको बहार हरेक दिन उपहार नामक दशैं धमाका योजना पनि सुरु गरेको छ ।
असोज १ गते देखि सुरु भएको दशैं धमाका योजना अन्तर्गत केएल टावरमा शपिङ गर्ने तथा के एल मोबाईल डिजिटलमा मोबाइल खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु जित्न सक्नेछन् । बम्पर उपहारमा एक जनालाई यामाहाको एफजेड एसएफआई भी थ्री मोटरसाइकल बितरण गरिने आयोजकले जनाएको छ ।
दोस्रो उपहार स्वरुप यामाहाकै रे जेड आर स्कूटर बितरण गरिनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइनेछ ।
के एल मोबाईल डिजि डिजिटलमा इलेक्ट्रोनिक सामान जस्तै टिभी, फ्रिज, एसी, मोवाइल, होम अप्लायन्सहरुमा ५० प्रतशितसम्म छुट पाउने छन् । साथै बाई वान गेट वान फ्रि र शुन्य प्रतिशत व्याजदरमा किस्तावन्दीमा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु उपलब्ध गराइने मोबाइल डिजी डिजिटलका प्रवन्ध निर्देशक वालकुमार धिमालले जानकारी दिए ।
यस्तै हरेक स्मार्ट मोवाईलको खरिदमा मुभी टिकट, कभर, टेम्पर ग्लासका साथै अन्य उपहारहरु समेत बितरण गरिनेछ । दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइनेछ ।
त्यसैगरी साप्ताहिक रुपमा गोयनका ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेशिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ । अफर कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल विधेयक : लोकतन्त्रमाथि खतरा !
-
आज शून्य भेदभाव दिवस मनाइँदै
-
‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै
-
माओवादी अध्यक्ष प्रचण्डसहितका नेता सिराहामा, यस्तो छ आजको कार्यक्रम
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा र हिमपात
-
ह्वाइटहाउसमा चर्काचर्की गरेर निस्किएपछि जेलेन्स्कीले भने-ट्रम्पसँगको विवाद ‘राम्रो थिएन’