पोखरामा लागू औषधसहित ४ जना पक्राउ

पोखरा– ठूलो परिमाणमा लागूऔषधसहित प्रहरीले पोखरामा ४ जनालाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका- ६ खहरे स्थित होटल कोकनबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौं, वडा प्रहरी कार्यलय वैदाम कास्की र लागूऔषध संघिय व्यूरो पोखरा बाट खटिएको संयुक्त प्रहरी टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा ऊनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा- ९ पृथ्बीचोक बस्ने २२ वर्षीय हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ ईण्डिया बस्ने वर्ष ३९ का मिजोराम नियाना, पर्सा घर भई हाल पोखरा-९ पृथ्बीचोक बस्ने २८ वर्षीय सहिद अख्तर मियाँ, तनहुँ शुक्लागण्डकी–९ का २३ वर्षीय रजिया खातुन रहेको प्रहरीले जानकारी दियो ।
पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ४५ पिस रातो रंगको ऐनफेटागन (YABA), प्लास्टिकको झोलामा राखेको अंन्दाजि १५० ग्राम लागूऔषधजन्य सुकेको पात समेत बरामद गरेको छ । पक्राउ परेका सबै जना उपर प्रहरीले थप अनुसन्धान तथा कारबाहि प्रक्रिया अगाडि बढाएको जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी