बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने

बुधबार, १५ असोज २०७६, १४ : ३६
बुधबार, १५ असोज २०७६

काठमाडौं– नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ । नेपाली सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कात्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहगागी हुन लागिएको औंपचारिक जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदको आयोजनामा यो वर्ष सो खेलुकद प्रतियोगिता चीनको यूहान प्रान्तमा आयोजना हुँदैछ । सो प्रतियोगितामा नेपाली सेनाले पनि पहिलोपटक भाग लिन लागेको महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए । खेलकुदको माध्यामबाट विश्वमा शान्ति स्थापना गर्ने मूख्य उद्देश्यका साथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खेलकुद प्रतियोगितामा २५ वटा खेल र दुईवटा प्रदर्शन खेल गरी २७ वटा खेलहरु प्रदर्शन हुनेछन् । जसमा १०५ राष्ट्रका १० हजार ७१९ जना खेलाडीहरु सहभागी हुने पनि महासेनानी रायमाझीले बताए । प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिनेछ । प्रतियोगिताको उद्घाटन सर्तमा विशेष अतिथिको रुपमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुनुहुने नेपाली सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप