शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्वाइस प्रतियोगी शसिकाको नयाँ गीत ‘ट्याम्के र सेल्मे’

बुधबार, १५ असोज २०७६, ११ : २४
बुधबार, १५ असोज २०७६

दि भ्वाइस प्रतियोगी शसिका राईको पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङले गीत सार्वजनिक गरेका हुन् । 

उमेश राइको लय तथा शब्द सङ्कलन रहेको गीतमा उमेशको अलवा सन्तोष दुमी राई र शसिका राईको स्वर छ । देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । 

कार्यक्रममा पूर्वी नेपालमा गाइने यो जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो  बनाएको गायक राइले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप