दिउँसै खुकुरी देखाएर गुण्डागर्दी गर्दै हिँड्ने चार जना पक्राउ
सुनसरीको इटहरीमा दिउँसै गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले हातमा रहेको धारिलो हरियार देखाइ प्रहार गर्न लागेका ५÷६ जनाको समूह पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी–८ का २० वर्षीय गोरे भन्ने अनिष सुवेदी, १९ वर्षीय दोर्जे वाईबा, २० वर्षीय शिशिर बस्नेत र बोकी घिमिरे रहेको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका–९ मा रहेको सुबिसु केवल नेटवर्कको कार्यालय नजिकै वडा नं १० का सागर तामाङलाई खुकुरी प्रहार गर्ने प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक शर्माले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट प्रहरीले खुकुरीसमेत बरामद गरेको छ ।
उनीहरुलाई असोज १३ गतेदेखि १० दिन म्याद थप गरी दफा ११८ बमोजिम सार्वजनिक हित, स्वास्थ्य, सूरक्षा, सुविधा र नैतिकता विरुद्धको मुद्दा दायर गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये गोरे भन्ने अनिष सुबेदी यो भन्दा अगाडि पनि खुकुरी प्रहरी गरी ज्यान मार्ने उद्योगमा ५० हजार धरौटीमा तारेखमा छुटेका थिए ।
यसैगरी, गुण्डागर्दी गरी डर, धम्की देखाई रकम असुल्ने काममा संलग्न हुँदै आएका एक जना पक्राउ परेका छन् ।
ईटहरी उपमहानगरपालिका–६ बस्ने ३२ वर्षिय अबिनाथ लिम्बु लाई ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले पक्राउ गरेको हो । उनी यसभन्दा अगाडि सार्वजनिक हित, स्वास्थ्य, सूरक्षा, सुविधा र नैतिकता विरुद्धको मुद्दामा ३० हजार धरौटीमा रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु