शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमानले गरे आत्महत्याः शव दाबी गर्दै सात श्रीमतीबीच झगडा, पुलिससमेत चकित

बुधबार, १५ असोज २०७६, ११ : १०
बुधबार, १५ असोज २०७६

यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ र उसको शवलाई यदि एकैपटक सात ‘श्रीमती’ ले दाबी गर्छन् भने अचम्मित हुनु स्वभाविक हो ।

आत्महत्यापछि शवमाथि अधिकारको ‘युद्ध:

आइतबार हरिद्वारमा एक ४० वर्षका व्यक्तिले आत्महत्या गरेका थिए । हत्यापछि शवमाथि अधिकार जतानका लागि सुरुमा त पाँच महिला अगाडि भए । समस्या त्यतिबेला निम्तियो जब यी सबैले मृतककी श्रीमती भएको दाबी गरे र आफ्ना ‘श्रीमान्’ को जीवनमा अन्य कुनै महिला भएको बारे आफूलाई कुनै जानकारी नभएको बताए । घण्टौंसम्म चलेको नाटक र झगडापछि मृतकको दाहसंस्कार गरियो । पुलिसले पाँच महिलाको दाबीमाथि अनुसन्धान गरिरहेकै बेला अन्य दुई महिलाले मृतक आफ्नो श्रीमान् भएको दाबी गर्दै पुलिस स्टेशन आइपुगे ।

समस्या सुल्झाउनका लागि पुलिसले प्रतिक्षा गर्नेः

पुलिसलाई अन्य महिलाले पनि शवमाथि अधिकार माग्ने हो कि भनेर शंका छ त्यसकारण पुलिसले यो समस्या सुल्झाउनका लागि हरिद्वार पुलिसले अझै केही दिन प्रतिक्षा गर्ने निर्णय गरेको छ । मृतक पवन कुमार ड्राइभर थिए ।

आर्थिक संकटसँग जुधिरहेका थिए पवनः

पुलिसका अनुसार आइतबार राती पवनले विष सेवन गरे । पवनकी कथित श्रीमतीले उनलाई बेहोसीको स्थितीमा एक नजिकैको अस्पतालमा भर्ना गराएकी थिइन् । उपचारको क्रममा पवनको मृत्यु भयो । सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार पवन गम्भीर आर्थिक संकटसँग जुधिरहेका थिए । साथै, मृतकले निकै साधारण जीवनशैली अपनाइरहेका थिए र उनका धेरै साथी पनि नभएको अनुसन्धानमा पत्ता लागेको छ ।

 मृतकको अकाउन्टमा जिरो ब्यालेन्सः

सिटी पुलिस थानाका एसएचओ प्रविण सिंह कोश्यारीले टाइम्स अफ इन्डियालाई भने, ‘उनले यस्तो कदम किन उठाए भनेर हामी अनुसन्धान गरिररहेका छौं । जो महिलाले पवनलाई अस्पताल पुर्‍याएकी थिइन् उनले आफूलाई पवनकी श्रीमती बताइरहेकी थिइन् तर उनले आत्महत्याको कुनै पनि कारण बताइनन् । शवको पोस्टमर्टमका लागि अस्पताल पठाएका छौं ।’

पुलिस अधिकारीका अनुसार मृतक पवनको बैंक खातामा जिरो ब्यालेन्स थियो र उनी एक भाडाको घरमा बस्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप