शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको सानदार जित

बुधबार, १५ असोज २०७६, ०९ : ०४
बुधबार, १५ असोज २०७६

इङ्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । समूह ‘सी’ मा लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार राति सिटीले क्रोएसियन क्लब डाइनामो जाग्रिवलाई २–० गोलले हरायो ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जिताउन रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको सिटीले दोस्रो हाफमा दुई गोल गरेको थियो । ६६औं मिनेटमा रहिमले रियाद महारेजको पासमा खाता खोलेका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई सहज जित दिलाए ।

यही समूहको अर्काे खेलमा युक्रेनको साख्तर डोनेस्कले इटालियन क्लब एटलान्टालाई गोलले हरायो । साख्तरले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको थियो । १८औं मिनेटमा डुभाज जापाटाले गोल गर्दै साख्तरलाई अग्रता दिलाए । ४१औं मिनेटमा जुनियर मोरायसले बराबरी गोल फर्काए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा मनोर सोलोमोनले गोल गर्दै साख्तको जित सुनिश्चित पारे । यस यस समूहमा लगातार दुई जित निकालेको सिटी ६ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानम रहेको डाइनामो जाग्रिवको तीन अंक छ । तीननै अंक बनाएको साख्तर तेस्रो स्थानमा छ । अंकबिहिन एटलान्टा अन्तिममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप