शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पीएसजीले जित्दा रियल बराबरीमा रोकियो

बुधबार, १५ असोज २०७६, ०९ : ००
बुधबार, १५ असोज २०७६

च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले शतप्रतिशत जित निकाल्दा स्पेनिस क्लब रियल म्याड्रिड बराबरीमा रोकिएको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले टर्कीस क्लब गालाटासारेलाई १–० गोलले हरायो ।

टर्कीको इस्तानुबुलमा भएको खेलमा पीएसजीको जितमा माउरो इकार्डीले निर्णायक गोल गरे । इकार्डीले ५२औं मिने पाब्लो सरर्वियाको पासमा गोल गरेका थिए । अर्को खेलमा रियल र बेल्जियम टोली क्लबबर्गले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूहमा लगातार दुई जितसँगै पीएसजीले ६ अंक बनाएको छ । पीएसजी तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको क्लबबर्गको दुई अंक छ । गालाटासारे र रियलले समान एक एक अंक बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप