बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१६ तोला सुनसहित काठमाडौंको चाबहिलबाट दुईजना पक्राउ

मङ्गलबार, १४ असोज २०७६, २३ : २४
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं- काठमाडौंको चाबहिलबाट प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्तबाट खटिएको सिभिल प्रहरी केशर महतरा र सुरेश चन्दको टोलीले विषेश सुराकीको आधारमा सुनसहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका ११ का वर्ष ४० का धुर्व बहादुर दलामी र बाग्लुङग जयमानी नगरपालिका २ घर भई काठमाडौंको गोगंवु वस्ने २५ वर्षीय निरबहादुर परियार रहेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी बृत्त किर्तिपुरका डिएसपी छेदलाल कामतीका अनुसार दुवईबाट अवैध सुन आउँदैछ भन्ने सुचना प्राप्त हुनासाथ सुनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले त्रिभुवन विमानस्थलवाट सुन पास भइसकेपछि अप्रेसनका लागि टोली परिचालन गरेको थियो । सोही प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ तोला १४ लाल बराबरको सुनको बाला बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसको मूल्य अन्दाजी १२ लाख बराबर हुने डिएसपी कामतीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई अनुसन्धान पश्चात सुनसहित राजस्व कार्यलय पुल्चोक पठाइएको कितिपुर प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप