महराविरुद्ध लिखित उजुरी किन परेन ? यस्तो छ प्रहरीको प्रतिक्रिया
काठमाडौं- नेपाल प्रहरीले सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि दुर्वयवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीलाई पटकपटक ताकेता गर्दा पनि अहिलेसम्म लिखित उजुरी दिन नआएको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले लिखित उजुरी नपरेकाले मौखिक उजुरीकै आधारमा प्रारम्भिक अनुसन्धान भने चलिरहेको बताए ।
“लिखित जाहेरीका लागि प्रहरीले ताकेता ग¥यो, अहिलेसम्म आएको छैन तर जानकारी आउनेबित्तिकै प्रहरीले आइतबार रातिदेखि नै अनुसन्धान गरिरहेको छ”, सुवेदीले भने । उनका अनुसार आइतबार राति ९ः०५ बजे प्रहरीको नियन्त्रण कक्षमा रहेको १०० नम्बरमा फोनमार्फत मौखिक जानकारी प्राप्त भएको थियो । सोही जानकारीका आधारमा रातिदेखि नै घटनाबारे अनुसन्धान भइरहेको र घटनामा जोडिएका सबै वस्तु सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रारम्भिक अनुसन्धान भइरहे पनि लिखित उजुरी नआएसम्म अन्य प्रक्रिया अगाडि बढ्न समस्या हुने बताए । सोमबार विभिन्न सञ्चारमाध्यममा महराले आफ्नो कोठामै आएर दुव्र्यवहार गरेको जनाउँदै ती महिलाको नाम जोडेर समाचार प्रकाशन भएको थियो । दुव्र्यवहार गरिएको आरोप लगाउने ती महिला कर्मचारीले आज भने आफैँले घटनाको खण्डन गर्दै आफूले डिप्रेसनको औषधि खाइरहेको र आवेगमा के बोलेँ आफूलाई नै पत्तो नभएको भनी बताएकी छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले रिसको झोँकमा सभामुख महरा परेको उल्लेख गरेकी छन् । राससमा प्राप्त अडियोमा उनले आफ्ना बाबु समानको मान्छेसँगको सम्बन्धलाई अनावश्यक रुपमा जोडेको र उचालेको जिकिर गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो