दशैं सुरु भएसगै महोत्तरीमा सवारी अनुगमन सुरु
बर्दिवास-हिन्दु नेपालीहरुको महान चाड दशैंको आगमनसंगै जिल्लामा यातायात व्यवस्थापनमा कडाई गरिन थालिएको छ । ट्राफिक प्रहरी कार्यालय महोत्तरी ,ईलाका प्रहरी कार्यालय बर्दिवास, यातायात सेवा कार्यालय बर्दिवास, ईलाका प्रशासन कार्यालय बर्दिवास र बर्दिवास नगरपालिकाको संयुक्त टोलीले सवारी अनुगन सुरु गरेको हो ।
मंगलवार बर्दिवास काठमाडौ सडक खण्डको बिपी राजमार्ग अन्तरगत महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा संयुक्त सवारी चेक जाच तथा सवारी अनुगमन भएको छ । सो क्रममा ३० वटा ठुला तथा साना सवारी साधनलाई कारवाही गरी ३० हजार राजस्व असुली गरिएको छ । चाड पर्वको बेला सवारी दुर्घटना न्युनिकरण गर्न तथा चाड पर्वमा हुन सक्ने भाडा दरमा यात्रु ठगी न्युनिकरण गर्न सो अभियान चलाइएको महोत्तरी ट्राफिक प्रहरीले जनएको छ ।
अनुगमन टोलीले चेक जाचको क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने,ओभर लोड बोक्ने, सवारीको कागजपत्र नबोक्ने ,बढी भाडा असुल्ने, सवारीको अवस्था ठिक नराख्ने, सिट बेल्ट र हेल्मेट नलगाउने ८ वटा सवारीका साधनको कागजपत्र नियन्त्रणमा लिई आवश्यक करवाही सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
-
फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने
-
‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’
-
यस्तो छ च्यासल ग्राउण्डको अवस्था, तस्बिरमा हेर्नुहोस्
-
जथाभावी सामाजिक सञ्जालमा टिप्पणी नगर्न एकीकृत समाजवादीको निर्देशन