नयाँ चीन स्थापनाको ७० औं बर्षगाँठ पूरा, भब्य कार्यक्रमसहित स्थापना दिवस मनाइयो

बेइजिङ–जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा मङ्गलबार चीनले देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी भब्यताका साथ मनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता माओत्सेतुङको नेतृत्वमा भएको साँस्कृतिक क्रान्ति सफल भएपछि सन् १९४९ अक्टोबर १ मा उहाँले जनवादी गणतन्त्र चीन गठनको घोषणा गर्नुभएको थियो ।
चीनले त्यसयता असाधारण गतिले विकास गरेको छ । बार्षिकोत्सव मनाउन चीनको राजधानी बेइजिङमा पनि ऐतिहासिक ठूलो भनिएको सैन्य परेड सम्पन्न भएको छ ।
बेइजिङमा बार्षिकोत्सवका अवसरमा आयोजित एउटा उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी चिन पिङले भन्नुभयो, “कुनै पनि शक्तिले चीन र यहाँका जनतालाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन ।” एकतालाई नै चीनको निरन्तर प्रगतिकोे महत्वपूर्ण कारक भएको स्पष्ट देखिएको पनि उहाँले चर्चा गर्नुभयो ।
सी चिन पिङ आधुनिक चीनका माओपछिकै शक्तिशाली नेताका रूपमा उहाँलाई चिनियाँहरूले मान्ने गरेका छन् ।
उहाँले थप्नुभयो, “चीनले ७० वर्ष पार गर्दै नयाँ पाना पल्टाउन लागिरहेको छ । शान्तिपूर्ण विकास तथा सहयोग एवम् साझा विजय भन्ने सिद्धान्त पालना गर्ने चीनले विश्वको शान्ति तथा विकासको लागि अझ उज्ज्वल भविष्य ल्याउने विश्वास विश्व समुदायको रहेको छ ।
कार्यक्रमलाई सफल र भब्यताका साथ सम्पन्न गर्न ट्याङ्कर, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्यबेइजिङको तियानआन्मेन स्क्वाएरमा भेला भएका थिए भने देशैभर ठूलाठूला कार्यक्रमहरू गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक