बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सतुङ्गलमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मङ्गलबार, १४ असोज २०७६, २१ : १४
मङ्गलबार, १४ असोज २०७६

काठमाडौँ-थानकोटबाट कंलकी जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

थानकोटबाट कंलकी जाँदै गरेको बा२६ प  ४९०३ नम्बरको मोटरसाइकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलस्थित बागेश्वरी अस्पताल ओरालोमा सोही दिशातर्फ गइरहेको बा ३ ख ३८१७ नम्वरको ट्रिपरले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मुत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले मृत्यु हुनेमा जिल्ला चितवन रत्ननगर १६ का सुनिल अधिकारी रहेकाे बताए ।
घाइते हुनेमा  ललितपुर महाँलक्ष्मी नगरपालिका २ इमाडोल बस्ने ४१ टिका बहादुर बाँनिया रहेको प्रहरी निरीक्षक खड्काले बताए ।
दुर्घटनामा घाइते बाँनियाको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको छ ।
ट्रिपर र ट्रिपर चालक भने महानगरीय प्रहरी बलम्वुले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप