कटहरिया नगरपालिकामा भएको घटनाबारे स्थलगत निरीक्षण

रौतहट– स्थानीय प्रशासनले कटहरिया नगरपालिकामा भएको तोडफोडको स्थलगत निरीक्षण गरेका छन । प्रशासकीय अधिकृत हेमराज फुँयालको नेतृत्वमा मंगलबार गएको टोलीले कटहरिया नगरपालिकामा भएको क्षतिबारे स्थलगत निरीक्षण गरेको हो ।
गत १० गते शिक्षक सरुवाको बिषयलाई लिएर कटहरियाका विद्यार्थी तथा केही बाहिरिया मिलेर कटहरिया नगरपालिकामा आक्रमण गरी लाखौंको क्षति पुरयाएका थिए । उनीहरुले कोठाभित्र रहेको कप्युटर,सिसिटिभी,दराज,फनिचर ,फुटाउनुका साथै भवनको सबै झ्यालका सिसिा फुटाएका थिए ।
घटनाको भोलिपल्ट नगरप्रमुख सियाराम कुश्वाहाले पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटना गराउनमा शिक्षक सचिन्द्र यादवको प्रत्यक्ष हात रहेको र अन्य केही शिक्षकको अप्रत्यक्ष हात रहेकाले दोषी शिक्षक तथा विद्यार्थीको खोलमा आएकाहरुमाथि कार्वाहीको माग गरेका थिए ।
मंगलवार प्रशासकीय अधिकृत फुयालका साथै शिक्षा कार्यालय गौरका प्रतिनिधि दिपेन्द्र मण्डल र ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रिपेन्द्र सिहंले घटनाको स्थलगत निरीक्षण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीश नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश
-
ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो
-
रेशम चौधरीको पक्राउलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ : सीके राउत
-
शिक्षक र सरकारबिचको वार्ता सहमति नजिक
-
नागरिकको आवश्यकता बजेटबाट सम्बोधन गर्नुपर्छ : मन्त्री काफ्ले
-
शाखा अधिकृतको ‘अनधिकृत’ पत्रले रेशम चौधरी झण्डै ५ घण्टा थुनामा