बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ एनआईसी एशिया बैंकको चाडपर्व लक्षित देशव्यापी छुट योजना

मङ्गलबार, १४ असोज २०७६, १८ : ४१
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं– दशैंसँगै अर्थतन्त्र चलायमान हुनथाल्छ । विभिन्न कम्पनी, व्यवसायहरु आफ्ना ग्राहकहरुका लागि विभिन्न छुट तथा अफरका योजना ल्याएका छन् । केही वर्षयता बैंकिङ्ग क्षेत्रले पनि आफ्ना ग्राहकहरुका चाडपर्वलक्षित छुटका योजना ल्याउने क्रम बढेको छ ।

यही क्रममा एन आई सी एशिया बैंकले यस वर्षको दशैंमा आफ्ना ग्राहकहरुका लागि दशैं सुपर चमत्कारिक उत्सव योजना ल्याएको छ जसबाट देशभरका ग्राहकहरुले अधिकतम लाभ लिन सक्नेछन् । 

देशकै विभिन्न शहर र ठाँउहरुमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा यस बैंकका ग्राहकहरुले डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% वा प्रत्येक रु. ६,६,७६ को खरिदमा रु १,०००सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यदि तपाई एन आई सी एशिया बैंकको ग्राहक हुनुहुन्न भने पनि भाटभटेनी सुपरमार्केटमा बैंकले स्थापना गरेको स्टलमार्फत् नयाँ खाता खोल्नुका साथै तुरुन्तै डेविट कार्ड प्राप्त गरी देशभरका सबै भाटभटेनी सुपरमार्केटका सबै आउटलेटहरुमा यो सुविधा उपभोग गर्न सक्नुहुनेछ  ।

आश्विन ८ गतेदेखि शुरु भएको यो योजनासँगै एन आई सी एशिया बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको छ । छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिहरुको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरु इस्यु भइसकेको र प्रतिदिन तीन करोडको हाराहारीमा कारोबार सोही गतिमा भइरहेको बैंकले जनाएको छ । 

यससँगै बैंकका प्रतिनिधिहरु ग्राहकहरुलाई डिजिटल कारोबार गर्दाका फाइदा र सहजताबारे जानकारी गराउनुका साथै यसप्रति अभिप्रेरित गराइएको पाइएको भाटभटेनी सुपरमार्केटमा सपिङ गर्न पुगेका सर्वसाधारणको भनाइ छ । 

भक्तपुर ठिमीका सन्त कुमार कोजुले आफू केटाकेटीको लागि लुगा किन्न आएको तर एन आई सी एशिया बैंकको स्टलमा तुरुन्त डेबिट कार्ड बनाउने अफर देखेपछि सो कार्ड प्रयोग गर्दा पाएको छुटले आफ्नो लागि पनि नयाँ जुत्ता किन्न पाउँदा खुशी लागेको बताए । 

यसै गरी ललितपुर पुलचोकको भाटभटेनी पुग्नुभएकी अनुराधा शर्माले दशैंमा घर जानुअघि भाटभटेनीको अफर सुनेर सपिङ गर्न पुगेको बताउँदै डिस्काउन्ट अफरले आफूजस्ता विद्यार्थीलाई  राहत भएको अनुभव बाडिन ।

कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजना अवधिभर देशभरका १६ स्थानका भाटभटेनी सुपरमार्केटबाट हजारौंले तिहार र छठ पर्वसम्म यो अवसरको सदुपयोग गर्नसक्ने बैंकले जनाएको छ ।

दशैंका लागि परिवारसँग सपिङ गर्ने सोचमा रहनुभएका सबैलाई यो सुविधाले सीमित नगद बोकेका कारण मनपरेको वस्तु लिने वा छोड्ने अनि उस्तै वस्तु अर्को दिन अन्त पाइने वा नपाइने दुविधाबाट छुटकारा पनि पाइने बैंकले जनाएको छ ।
यससँगै बिना झन्झट गुणस्तरीय सेवाबाट आफ्ना ग्राहकहरुले अधिकतम लाभ प्राप्त गर्न सकुन भन्ने आशयका साथ यो विशेष छुट प्रदान गरिएको बैंकको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप