शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा लागू औषधसहित ३ जना पक्राउ

मङ्गलबार, १४ असोज २०७६, १८ : २५
मङ्गलबार, १४ असोज २०७६

पोखरा– लागू औषधसहित पोखरामा ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० बुद्धचोकमा शंकाष्पद अवस्थामा हिँडिरहेको अवस्थामा उनीहरुलाई समातेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका ३ को साथबाट १५ ग्राम खैरो हिरोइन लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । शंका लागेर झोला चेकजाँज गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ फूलबारीका २२ वर्षीय नारायण कार्की, पोखरा १० रामघाटका ४३ वर्षीय खिलेन्द्र गुरुङ र पोखरा १० बुद्धचोकका २३ वर्षीय विवेक खड्का रहेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धाको काम भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप