कोका–कोलाले चाडपर्वलाई विशेष बनाउने आमाहरुसँग उत्सव मनाउने
काठमाडौं– ‘शेयर अ कोक’ को स्थानीयकृत रुप ‘मन खोलौं कोक सँग’ को चौथो संस्करण जारी गर्दै यस पटक कोका–कोलाले आफ्ना उपभोक्ताहरुलाई महान चाड दशैं तथा तिहार मनाउने एक नयाँ तथा अनुपम तरिका ल्याएको छ ।
यस वर्ष कोका–कोलाले ‘माइ मम् मेक्स् माइ दशैं स्पेशल’ भन्ने थीम सहित नयाँ दशैं क्याम्पेन सार्वजनिक गरेको छ । यस अभियानले आमाहरुले हाम्रो दशैं र तिहारलाई विशेष बनाउन र हाम्रो चाडपर्वलाई खुशीयाली बनाउन निस्वार्थ काम तथा अथक प्रयासहरु गर्दछन् भन्ने सन्देश दिएको छ ।
आमाको उपस्थीति र प्रयासका कारण नै दशैं हर्ष, खुशी र उत्सवका साथ शुरु हुन्छ र उपरोक्षसम्म रहन्छ । दशैंको विशेष अंश भनेको सधैं हाम्रो आमा र उहाँको माया हो ।
आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै कोका–कोलाले चाडपर्वको अवसरमा हामीले आमाहरुलाई बोलाउने प्रिय शब्द आमा, माई, मुवा, मामु, मम्मी र मा लेखिएको ६ वटा नयाँ लेबल ल्याएको छ ।
दशैं र तिहारमा आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै यी लेबलहरु नियमित लेबलको ठाउँमा राखिएको छ । यो लेबललाई चाडपर्वको झलकको स्पर्श दिन शिल्पकृति र टेक्स्टलाई सुनौंलो रंगमा दशैंको विभिन्न तत्व जस्तै चङ्गा, दशैंको पिङ्ग, सयपत्री फूल लगायत राखिएको छ ।
यसका अतिरिक्त, यो सन्देश कोका–कोला नेपालको हालको टिभी कमर्सीयलमा पनि सुन्दर ढंगले हाइलाइट गरिएको छ । उक्त कमर्सीयलमा, आमा छोराछोरीको दशैंलाई विशेष बनाउन कडा परिश्रम गरिरहेकी छिन् भने छोराछोरीहरु आफ्नै संसारमा मस्त छन् । तर, कोकको सानो स्मरणका कारण बच्चाहरुले दशैंको सम्पूर्ण कामहरु आफै गरेर आमालाई आश्चर्य बनाउदै सुन्दर इशारा देखाएका छन् ।
यो अभियानका बारेमा कोका–कोलाका कन्ट्री डिरेक्टर अम्बुज सिंहले यो वर्ष आमाहरु र उनीहरुले हाम्रो जीवनमा निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्ने प्रयासमा हामीले आमाहरुलाई बोलाउने ६ वटा प्रिय शब्दहरु भएको लेबल सार्वजनिक गरेको बताए ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप प्राण्डेले भने,‘कोका–कोला नेपालले सधैं सम्बन्धहरुको हर्ष मनाउँदै आइरहेको छ । यो वर्ष हामीहरुले सदा झैं दशैंलाई विशेष बनाउँने हाम्रा आमाहरुका साथ मनाउँदै छौं ।’
कोका–कोलाले भाट–भटिनी सुपर मार्केट, सेल्सबेरी र सेल्सवेको विभिन्न स्थानमा छिट्टै ग्राउण्ड एक्टीभेसनको माध्यमबाट नयाँ लेबल ल्याउदैं छ । एक्टिभेसनमा कस्टुमाइज्ड लेबल हुनेछ र उपभोक्ताहरुले आफ्नो आमाका लागि व्यक्तिगत (पर्सनलाईज्ड) म्यासेज लेखि प्रिन्ट गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री