शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिआइआईको १४औं हेल्थकेयर इष्ट गोष्ठीमा नर्भिकको प्रस्तुति

मङ्गलबार, १४ असोज २०७६, १५ : ५२
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं– कन्फडेरेसन अफ इन्डियन इन्डष्ट्रि (सिआइआई)द्वारा गत असोज ९ गते भारतको कोलकातामा स्वास्थ्य सेवाबारे आयोजित १ दिने विशेष गोष्टीमा नर्भिकलाई अल्पविकसित एवं विकासोन्मुख राष्ट्रहरुमा स्वास्थ्यसेवाको अवस्थाबारे आफ्नो अवधारणा पत्र प्रस्तुत गर्न निम्त्याइएको थियो ।

गोष्ठीमा भारत लगायत अन्य दक्षिण एशियाली राष्ट्रहरुका निजी क्षेत्रका करपोरेट हस्पिटलहरुको सहभागिता रहेको थियो । उक्त गोष्टीमा नर्भिकको प्रतिनिधित्व गर्दै यसको मातृ संस्थाका कार्यकारी निर्देशक मनिस खेम्काले आफ्नो अवधारणा पत्र पेश गर्दै नेपालमा हाल विद्यमान स्वास्थ्य सेवाको अवस्थाबारे प्रकाश पारे ।

उनले हाम्रो परिपे्रक्ष्यमा हाल विद्यमान स्वास्थ्य सेवाका प्राविधिक पक्षमा टिप्पणी गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई फराकिलो पार्न तथा आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ र सबैको पहुँचभित्र कसरी पार्ने भन्ने कुरामा पनि जोड दिए ।

दक्षिण एशियाको यस क्षेत्रमा स्वास्थ्य सेवामा विविधिकरण एवं रोगको प्रभावकारी रोकथाम, निदान र प्रभावकारी उपचारका लागि प्रविधि हस्तान्तरण अत्यन्तै आवश्यकताको विषय भएको भन्दै त्यस फाँटमा सहयोग एवम् सद्भावको आदान–प्रदान अति जरुरी भएको उनले बताए । 

दक्षिण एशियाली राष्ट्रहरूका स्वास्थ्य सेवामा अग्रणी भूमिका निभाइरहेका स्वास्थ्य सेवा प्रदायक संघ संस्थाहरूले तत्सम्बन्धमा सहयोग पु¥याउनुपर्ने उनको धारणा थियो ।

स्वास्थ्य सेवामा थ्रीडी प्रिन्टिङ्ग, इम्युनोथेरापी, वायो सेन्सर्स् एण्ड ट्रयाकर्स, टेलिमेडिसिन, अनलाइन परामर्श र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले हाम्रो भेगमा सेवाको स्तर उकास्न मद्दत पुग्नसक्ने धारणा खेम्काले राखेका थिए ।

नेपाल सरकारले पनि नेपाली जनताको स्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याउन केही राम्रा कामको थालनी गरे पनि ती अपर्याप्त भएको उनले बताए ।

नेपाल सरकारले हालै सर्वसाधारणको स्वास्थ्य वीमा योजना लागू गरेको कुरा स्वागतयोग्य भएको बताउँदै त्यसले राम्रो भविष्य निर्माणमा सहयोग पु¥याउने भएता पनि नतिजा आउन समय लाग्ने जिकिर उनले गरे ।

प्रत्येक वर्ष स्तरीय स्वास्थ्य सेवाको खोजीमा नेपालीहरूले करिब १ अर्ब अमेरिकी डलर नेपाल बाहिर खर्च गर्ने अनुमान रहेको बताउँदै त्यसलाई नेपाल भित्रै राख्न स्तरीय एवम् विश्वसनीय स्वास्थ्य सेवा पस्कन आफूहरु तयार भएको खेम्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप