गाई काटेको अभियोगमा तीनजना पक्राउ
मङ्गलबार, १४ असोज २०७६, १५ : २६

चितवन– पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् ।
इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेका छन् । उनीहरुलाई बिहान निरमायाको आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
सोही क्रममा फरार रहेका दुई जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले सो विषयमा थप अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत
-
चार स्रष्टालाई पारिजात सम्मान