जनता बैंक र नेपाल रेडक्रस सोसाइटीको ३ दिने बैंकिङ्क साक्षरता र आधारभुत प्राथमिक स्वास्थ्य उपचार कार्यक्रम

काठमाडौं– जनता बैंक र नेपाल रेडक्रस सोसाइटी, कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिका वडा नं. २ र ३ मा तीन दिने बैंकिङ्ग साक्षरता तथा आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ ।
यहि असोज ११, १२ र १३ गते गरी ३ दिन सम्म संचालित उक्त कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनितिहरु, जनता बैंक पनौती शाखाका कर्मचारीहरु, उक्त क्षेत्रमा रहेका सहकारीका कर्मचारीहरु, विद्यालयका शिक्षकहरु र कुशादेवी क्याम्पसका विद्यार्थीहरु गरी करिव १०० जना वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका थिए ।
त्यसैगरी वडा नं. २ र ३ को दैविप्रकोप जोखिम न्युनीकरण समितिले वडाका भौगोलिक क्षेत्र समेटीने गरी छनौट गरेका २४ जना सहभागीहरुलाई मान्यता प्राप्त प्रशिक्षकद्वारा पाठ्यक्रममा आधारित ३ दिने आधारभुत प्राथमिक तालिम प्रदान गरिएको थियो ।
उक्त तालिम लिएका ब्यक्तिहरुले गाउँमा आइपर्ने कुनै घटनाबाट घाइते हुन पुगेकाहरुलाई प्राथमिक उपचार गरी नजिकको स्वास्थ्य संस्थामा पठाउन सक्ने छन् ।