शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महरा केसमा गम्भीर छानविन हुनुपर्छ: कोइराला

मङ्गलबार, १४ असोज २०७६, १४ : ५७
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि ‘रेप’ गरेको गम्भीर आरोप लागेको उल्लेख गर्दै त्यसको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका छन् ।

महामन्त्री कोइरालाले सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि ‘रेप’ गरेको भन्ने आरोप गम्भिर मुद्धा भएको भन्दै त्यसको निष्पक्ष छानविन गरेर आवश्यक निर्णय लिनुपर्ने बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘हुनत यो आरोप आरोप मात्रै होला, तर त्यसमाथि छानविन भएर तत्काल निर्णय लिनुपर्ने’ पनि स्पष्ट पारे । सभामुख महरामाथि सोमबार साँझ संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दूव्र्यवहार गरेको आरोप लागेको थियो ।

महामन्त्री कोइरालाले रेडियो नेपालका ३ जना पत्रकारलाई सरकारले निष्काशन गरेकोमा आपत्ति जनाउँदै तत्काल पुनर्वहाली गर्न पनि आग्रह गरे । उनले सरकारले पत्रकारहरुमाथि नियन्त्रण हुने गरी कानुन बनाउन खोजेको दावी गर्दै सैह्य नहुने चेतावनी पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप